images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले पदको गरिमाको ख्याल नगरी बर्बराउनथाले

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले, पदीय मर्यादा र गरिमा घटाएको छ । प्रधानमन्त्रीले आफ्नो मर्यादाको ख्याल नगरी विद्रोही श्वरमा आन्दोलनकारीको भाषा बोल्नु देश र जनताका लागि न्यायसंगत मानिदैन ।देशको अभिभावकीय भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको ओहदामा पुगेको मानिस विनयशील र शालीन हुनैपर्छ । नैतिकदृष्टान्तका अनुसार फलेको हाँगो जताततै झुकेकै हुन्छ । प्रधानमन्त्री पद–संस्था र देशको कार्यकारी प्रमुख हो । संसदीय व्यवस्थामा त संघीय संसदका सवै सांसदको नेतृत्व गर्ने भएकाले प्रधानमन्त्री नेता हो । प्रधानमन्त्रीको पदमा बसुञ्जेल त्यो संस्थाको मर्यादाको रक्षक पनि आफै हुनुपर्छ । लोकतन्त्रको उच्चतम अभ्यासले प्रधानमन्त्रीको ओहदामा बस्ने मानिसलाई संयम, शालीन, नैतिकवान र उदार मनोभावको परिकल्पना गरिएको हुन्छ । स्थानीय तहदेखि संघीय संसदसम्मका जनप्रतिनिधि र मन्त्रीका लागि प्रधानमन्त्री पद प्रमुख कार्यकारी हो भने सम्पूर्ण नागरिकका लागि अभिभावक र संरक्षक पनि हो । राज्यका सवै नागरिकको अभिभावकले आफ्नो पदीय भूमिका भूलेर बोल्नुलाई राम्रो र शोभनीय पटक्कै मानिदैन । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्ना दलका कार्यकर्तालाई जेठ १५ गते संघीय राजधानी काठमाडौका सडक कब्जा गर भन्ने बोलीले उहाँ त्यस पदमा बस्न लायक हुनुहुन्न कि भन्ने शंका पैदा भएको छ । एमाले कार्यकर्तालाई जेठ १५ गते संघीय राजधानी काठमाडौका सडक कब्जा गर्न आदेश दिनु प्रधानमन्त्री पदको गरिमा जोगाउने काम होइन । यस्ता अभिव्यक्तिले भीडतन्त्र र अराजक परिस्थितिको कल्पना गर्दछ । संविधानले सवै नागरिकलाई शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । त्यसको बर्खिलाप हुनेगरी देशको प्रधानमन्त्रीले आफ्ना पार्टीका कार्यकर्तालाई असहमत पक्षकाविरुद्ध भीडन्तमा उतार्न खोज्नु सकारात्मक मान्न सकिन्न । अर्काले भनिदिएको विषय सुनेर सुगा रटाइ गर्ने, अध्ययन र अनुसन्धान विनाको मानिस पदमा पुग्दा त्यो पदको गरिमा घटाउछ भन्ने भनाइ प्रधानमन्त्री केपी शर्मा ओली आफैले प्रमाणित गरेका छन् । देशको प्रधानमन्त्री भएर सरकार चलाइसकेको नेताले सत्ता बाहिर बस्दा होस् वा सत्तामा बस्दा, नागरिकमा भिडन्त गराउने अराजक शैलीमा बोल्न मिल्दैन । यस्तो विषय सवै राजनीतिक दलका नेताले ख्याल गर्नैपर्छ । लोकतन्त्रमा असहमत पक्षलाई सम्मान गर्न सिक्नुपर्छ । विरोधीका हरेक विरोधलाई सत्तामा बस्नेले सकारात्मक सोचेर काम गर्न सकेन भने त्यसले भिडतन्त्रको जन्म गराउँछ । विरोध गर्ने समूह सानो होस वा ठूलो लोकतन्त्रमा सवैले सवैको इज्जत गर्नैपर्छ । सत्तामा बस्नेले ठूलो श्वरमा आफ्ना कार्यकर्ताका माझमा छुद्र बोल्दा एकछिन सवैले ताली पिटे पनि कालान्तरमा फिक्का सावित हुन्छ । लाग्छ प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला  अभिव्यक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि अहिले विरोध गरेर संगठन गर्नैनपर्ने अवस्था बनेको छ । सत्ता चलाएका एमाले, कांग्रेस र माओवादीका नेताहरु आफनै गल्तीले अहिले यति धेरै डराएर बर्बराउनथालेको आमनागरिकले महसुस् गरेका छन् । सत्तामा बसेर जनताको हितमा काम नगरे भोलि अहिलेकोभन्दा कठिन परिस्थितिको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्