पूर्वाधार वाच, काठमाडौं ।
नेपाली कांग्रेसले राष्ट्रपतिलाई सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसपछि सांसदका कुनै पनि गतिविधि अगाडि बढ्न नदिने निर्णय गरेको छ ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै गिरिबन्धु टी स्टेटको विषयमा कांग्रेसले अध्ययन गरेर धारणा बनाउने निर्णय गरेको छ ।
सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विरोध जनाउने वा समर्थन गर्ने भन्नेबारेमा छलफल कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आज राष्ट्रपति पौडलेललाई सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसपछि सांसदका कुनै पनि गतिविधि अगाडि बढ्न नदिने निष्कर्ष निकालेको हो ।
नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूचिपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद बैठक सञ्चालन हुन नदिने कांग्रेसले जनाएको छ ।
यसअघि प्रधामन्त्री पुष्पकमल दाहालले आजै कांग्रेसका नेताहरुलाई भेटेर नीति तथा कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका थिए ।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्