पूर्वाधार वाच, काठमाडौं ।
एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । सरकारले मन्त्रालय, प्रदेश र निकायहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।
बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।



कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्