images
images

आज २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको हो ।

यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्