पूर्वाधर वाच, काठमाडौं ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।
सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौं पक्राउ गरिएको थियो ।
शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।
पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्