पूर्वाधार वाच, महोत्तरी ।
होटेल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरूको पर्वद्वनमा जुटेको छ । महासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जबाट यसको औपचारिक प्रारम्भ गरेको हो ।
शनिवार एक कार्यक्रमको बिच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरूको आवागमन भइरहेको छैन भन्ने विषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।
सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक ३ लाख पर्यटक भित्रिने तथ्याङ्कले देखाएको छ तर अवलोकनका हिसाबले त्यहाँ भन्दा बढी वन्यजन्तु र पशुपक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।
यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आकर्षण न्यून देखिएपछि पर्यटन व्यवसायी महासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई सहभागी गराएर आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो बढाउन ध्यानाकर्षण गराएका थिए ।
सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाइन्छ । हात्तीमा जङ्गल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।
होटेल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानीय सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरूमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र विकासमा परिचालन हुनुपर्ने बताउँदै मधेसमा पाइने विशिष्ट विविधताले पर्यटन हब बनाउन सकिने प्रशस्त आधारहरू भएको उन्को भनाई छ ।
महासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरी हरेक महिनाको ५ गते प्रदेशभरिका पत्रकारहरूलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना बनाएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमबाट उत्साहित भएका व्यवसायीहरू निजी लगानी भित्र्याउने विषयमा सकारात्मक देखिएका छन् । पर्यटन विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहने बताउँदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले व्यवसायीहरूलाई लगानीमैत्री वातावरण तयार गर्नेमा विश्वस्त दिलाए ।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्