पूर्वाधार वाच, काठमाडौं ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी सेवालाई प्रभावकारी बनाउन टोकन कार्ड तथा टाइम कार्ड प्रणाली लागू गर्ने सरकारले घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा संघीय निजामती कानुन यथाशीघ्र कार्यन्वयनमा ल्याई निजामती सेवा प्रभावकारी बनाइने समेत उल्लेख रहेको छ। संघीय निजामती ऐन अहिले संघीय संसद्मा रहेको छ।
निजामती सेवालाई प्रभावकारी तथा चुस्त बनाइने प्रतिबद्धता नीति तथा कार्यक्रमा मार्फत गरिएको छ। सूचना प्रविधिमा आधारित सरकारको एकीकृत कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
नागरिकले सेवा प्रवाह गर्दा हुने झन्झट मुक्त गराइने उल्लेख गरिएको छ।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्