images
images

नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

पूर्वाधार वाच, काठमाडौं ।

महालेखापरीक्षकमा नवनियुक्त तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो । रायालाई राष्ट्रपति पौडेलले आजै महालेखापरीक्षकमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्