images
images

बैतडीमा हत्या आराेपमा शिक्षिका पक्राउ, अपराध स्वीकार

बैतडी– बैतडीमा एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी शिक्षिकाले अपराध स्विकार गरेकी छिन् । ३६ वर्षीया भागरथी विष्टले हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी हुन् । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको छ ।

अब प्रहरीले शव खोज्न तालिमप्राप्त कुकुर परिचान गर्ने तयारी गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले कागजपत्रलाई बताए । अहिलेसम्म शव फेला नपरेकाले कुकुर प्रयोग गर्नेबारे छलफल भइरहेको उनले बताए ।

हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छैन ।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्त दिपक बिष्टले बताए । स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाबढी आफ्नै घरभित्र लाश लुकाएकी थिइन् ।

उनले गएराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

हत्याको कारण अझै खुलिसकेको छैन ।स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्