पूर्वाधार वाच, काठमाडौं।
संसद्को सार्वजनिक लेखा समितिले बेरुजु न्यूनीकरण र बेरुजुलाई छिटो फर्छ्यौट गरी आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्ने रणनीतिक कार्ययोजना तयार पारी तत्काल पेस गर्न महालेखा परीक्षकलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएको र त्यसले अन्तर्राष्ट्रियस्तरमै वित्तीय अराजकताको सन्देश प्रवाह भइरहेको भन्दै त्यसलाई कम गर्ने रणनीतिक कार्ययोजना तयार पार्न निर्देशन दिएको हो ।
समितिले बेरुजु वा कैफियतहरु उठाउँदा कुन कानुनको दफाअनुसार बेरुजु हुन गएको हो त्यो उल्लेख गर्न, फर्छ्यौट गर्न पेस गर्नुपर्ने प्रमाण वा स्वीकृत गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा उल्लेख गर्न तथा विद्युतीय माध्यमबाट लेखापरीक्षण हुने प्रणाली विकास गर्न पनि निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जनाए ।
समितिमा महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरुलाई स्वायत्त बनाउने हो भने स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताए ।
उनले ४८ सालदेखिका महालेखाको प्रतिवेदनमाथि छलफल नसकिएको भन्दै जति प्रतिवेदन लेखे पनि छलफल नै हुँदैन भन्ने भाष्य सिर्जना भएको बताए।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्