images
images

साइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड बैंक’ अवार्ड

पूर्वाधार वाच, काठमाडौं।

साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४’ अवार्ड जितेको छ । न्यु बिजनेस एजले काठमाडौंमा गरेको न्युबिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड– २०२४ अन्तर्गत विकास बैंकहरूमध्ये साइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । उक्त अवार्ड बैंककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन् ।

बैंकको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टिले यो उपाधि जित्न सफल भएको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए ।

‘यो उपाधि जित्नुमा बैंकका कर्मचारीसहित सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ,’ उनले भने ।

यसअघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।

साइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको आठ अर्ब अधिकृत पुँजी र चार अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्